पानीट्यांकी/ भारत – भारतको बंगाल राज्य सरकारले नेपाललाई दिने भनेको १ लाख थान त्रिपाल केहीबेरमा नेपाल सरकारलाई हस्तान्तरण गरिंदैछ ।
नेपाल भारत सीमाको पानीट्यांकी भन्ने स्थानमा बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले नेपाल सरकारका सहरी विकास मन्त्री नरायण खड्कालाई त्रिपाल हस्तान्तरण गर्ने कार्यक्रम छ । पानीट्यांकी नेपाल भारत सीमावर्ती बजार हो ।
हस्तान्तरण गर्ने भनिएको त्रिपाल २० वटा ट्रकमा राखेर कार्यक्रम स्थलमा ल्याइसकिएको छ । हस्तान्तरणको लागि बंगाल राज्यकी मुख्यमन्त्री बेनर्जी केहीबेरमा कार्यक्रम स्थलमा आइपुग्ने बताइएको छ । ईकान्तिपुरमा समाचार छ ।