विनासकारी महाभुकम्प पछि गोर्खा: राहात आयो राहात गयो

कृष्ण खनाल
ताप्ले(गोर्खा)। गोरखा सदरमुकाम देखि ४३.६५ किलोमिटर उत्तरमा रहेको ताप्ले गाविसी  नेवार गाउँकी ३५ बर्षिय लालमी श्रेष्ठको घर भुकम्पको कारण जरै देखि उप्कीएको छ । २ जना छोराछोरी सानै रहेका कारण उनी गाउँदेखि माटरबाटोमा झर्नको लागि करिव १ घण्टा लाग्छ ।  लालमी श्रेष्ठले अहिले सम्म राहतको नाममा पाएको भनेको, चिउरा ४ किलो, ७ पोका चाउचाउ,  १ वटा त्रिपाल मात्र हो ।
उनको गाउको लागि भनेर अहिले सम्म दर्जान भन्दा बढि व्याक्ति तथा संघ संस्थाहरुले राहत समग्री बाँडेर फर्किएका छन् । तर उनको पोल्टामा अहिले सम्म एक किलो चामल समेत परेको छैन । विहिवार बुटवलबाट गएको मुस्लिम समितिको राहात वितरण कार्यक्रममा सहभागी हुनको लागि  पालमा  नै छोराछोरी सुताएर  आएकी उनी भन्छदैथिईन्- राहात कति आउछ आउछ तर हाम्लाई थाहा नै दिदैनन्, लुटेर टाढा बाठाहरुले लैजान्छन ।  श्रीमान् बैदेशिक रोजगारमा रहेको छोराछोरी सानै भएको कारण भन्दा वित्तीकै १ घण्टाको बाटो हिडेर आउन नसक्ने उनी जस्ता कयौ बास्तविक पिडीतहरुले राहतको नाममा रा सम्म पनि पाएका छैनन् गोर्खामा ।
 राहात वितरण कार्यक्रम सदुर मुकाम र जहा सम्म गाडी जान सक्छ , त्यस्तो स्थानमा मात्र केन्द्रीत भएको गोर्खा जिल्लाको सदरमुकाम गोर्खा बजारकी स्थानिय मनमयाँ कट्टेल बताउछिन् । उनी भन्छिन्- टाढाबाढाहरुले मात्र राहात पाएका छन्।  जसको शक्ति उसैको भक्ति भन्ने उखान मेला खाएको  उनको तर्क थियो । उनले ३१ घर मध्ये पुरै  धस्त भएको कट्टेल र हार्मी गाविसका कुनै पनि राहातको सामग्री नपुगेको  समेत बताईन् ।  उनी थप्छीन्गो – खरा बजारमा हेर्दा केही होईन, गाउ गाउमा जानेहो भने विजोग छ ।
 जिल्ला प्रशासन कार्यालय गार्खाको अनुमती विना कयौ संघ संस्था, क्लव तथा व्याक्तिहरुले आफुखुसी बाढ्ने राहत समग्री आफ्नो पायक पर्ने स्थान, जहा गाडिको संभव छ त्यस क्षेत्रमा लगेर वितरण गर्ने र फर्किने क्रम बढेको अर्को स्थानिय व्यपारी  मोहन कट्ले बताए । 
 जिल्ला प्रशासनको संमन्वय विना गएको राहात टोलीला विच, बाटोमा गाडीको पिछा गर्दै गएर सामान जफत समेत गर्ने गरेको दृष्यिहरु विहिवार प्रशस्त्र मात्रा देखिएका थिए । जिल्ला प्रशासन कार्यालयमा राहात सागग्री लिनको लागि कुर्ने वास्तविक पिडीतहरु  लाम लागेर बसे पनि गाउ गाउमा भने स्थानिय डन अरुले आफुहरुलाई सामान नदिए जफत गरिने भन्दै  राहात समग्री बोकेको गाडी पिछा गर्दै गएर आफ्नो नीजि गाडीमा सामान हालेर भाग्ने गरेको दृष्य विहिवार देखाएको थियो । 
राहात समाग्री वितरणको लागि गोर्खाको  ताप्ले पुगेको एक टोली संघ स्थानिय एक जना व्याक्ति भन्दै थिए-यो हाम्रो ईलाका हो, हाम्लाई सामन नदिए जफत गरिदिन्छौ, त्यस पछि खराखर १३ बोरा सामान आफ्नो गाडीमा हालेर उनी हिडेका थिए । 
 केही वास्तविक पिडीतहरुले राहात समान नपाउने तर टठाबाठाहरुले मात्र पाउने भन्ने भनाईलाई लाल बहादुर श्रेष्ठको यो भनाईबाट प्रस्ट पारेको छ । हामी ६ घर  पुरै जरैबाट ढलेको छ ,पालमा बस्दै आएका छौ , तर दिनमा ३,४ पटक राहात आउने गरेको छ तर हाम्ले केही पाएनौं ।
अहिले सम्म केही किलो चिउरा, पाल, भुजा मात्र पाएको बताउने लालबहादुर श्रेष्ठले भने- हजुर आमा प्यारलाईसेसको विरामी हुनुहुन्छ,  घरी, घरी राहात  आउछ, हाम्लाई थाह नै दिन्न्, आफै आफै मिलेर बाढ्छन् ।
 केही स्थानिय टाठा बाठाहरुले सामान लुटेर  लैजाने डरले समेत कयौ क्लव, संघ-संस्था तथा व्याक्तिले  राहत जिल्ला प्रशासन कार्यालयमा नै बुझाउने गरेका छन् । 
अघिल्लो शनिवार गोरखा जिल्लाको बारपाक क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टरस्केलको महाभुकम्पबाट गाउका घरमा बस्ने जस्तो घर कसैको पनि नभएको मदरसा हनविलया रजफिया प्रावि शिक्षक रजमदिन मियाँ बताउछन् । उनका अनुसार  ताप्ले गाविसका थुर्पु  टोलमा १७ घर पुर्ण धवस्त भएका छन् भने गाईखोरमा पनि उस्तै छ । 
महालक्ष्मी मावि मा कक्षा ७ मा पढ्ने मनोज रोकाले  विद्यालय सबै कोठाहरु भत्कीएर  भताभुङ्ग भएको र आफुहरु स्कुल खुलेपनि डरले जान नसक्ने उनी बताउछन् ।