आज गएको ठूलो पराकम्पनले राजधानीसहित विभिन्न ठाउँका सडकहरु अवरुद्ध

दोलखा र सिन्धुपाल्चोकको सीमामा केन्द्र बिन्दु बनाएर गएको ठूलो पराकम्पनले राजधानीसहित विभिन्न ठाउँका सडकहरु अवरुद्ध भएका छन्।
राजधानीका ठमेल-बालाजु सडक अवरूद्ध भयो। नयाँ बजारमा एउटा चार तले भवन भत्किएर बाटोमा परेपछि सडक अवरूद्ध भएको हो।  प्रहरीले ४ वटा डोजरको प्रयोग गरेर केही समयअघि बाटो खुलाइएको छ।
यस्तै उपत्यका बाहिर कोशी राजमार्गको धनकुटा-कार्कीछाप, सिद्धार्थ राजमार्गको स्याङ्जा-भालुपहाड,दोलखा-सिंगटी, रामेछाप-लखनपुर सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ।
अवरूद्ध ठाउँमा सडक खुलाउने काम भइरहेको नेपाल प्रहरीले जनाएको छ । ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु