इलाम देउमाई नगरपालिकाका कृष्ण पौड्याल वैशाख १२ गते शनिबार गएको विमाशकारी भूकम्पपछि गृह जिल्ला इलाम फर्किए।
काठमाडौंको नयाँ वसपार्कमा किराना पसल चलाउने उनी २ साता इलाम बसाइपछि ३० वैशाखमा काठमाडौं फर्किने तयारी गर्दै थिए।
काठमाडौं जान पोका पन्तुरा ठीक पार्दा २९ गते मंगलबार पुनः ठूलो धक्काले जनधनमा पुर्याएको क्षति पछि बसको टिकट रद्द गरेर इलाममै बसेका छन्।
आजको कारोबारमा टिका खतिवडा लेख्छन्-इलामकै सोमनाथ सुवेदी स्नातकोत्तरपछि थेसिस बुझाएर जागिर खोज्दै काठमाडौं बसिरहेका थिए। उनले अब काठमाडौं डरै डरले गलेर बस्नुभन्दा परिवारसँगै सुर कसेका छन्। उनी जिल्लामै सानो जागरि भएपनि काठमाडौं भन्दा आनन्द तरिकाले बस्ने योजनामा छन्। (सेतोपाटीबाट)