वैशाख १२ गते गएको महाभूकम्पयता सुन कारोबार ठप्प

काठमाडौ  – वैशाख १२ गते गएको महाभूकम्पयता वाणिज्य बैंकले सुन आयात गरेका छैनन्। भूकम्पको पराकम्पनका कारण सबै क्षेत्रमा त्रास, उपभोक्ता र व्यवसायीले पनि चासो नदिएकाले बैंकहरूले आयात नगरेको राष्ट्र बैंकले जनाएको छ। 
अहिलेको सबै क्षेत्रमा असर परेको छ। गरगहनामा कसैको ध्यान गएको छैन, राष्ट्र बैंकका विदेशी विनियम विभाग प्रमुख भीष्मराज ढुंगानाले भने, यस्तो अवस्थामा सुन बिक्री वितरण भएको छैन। बैंकहरूसँग साढे ३ सय किलो सुन स्टकमै रहेकाले नयाँ आयात नगरिएको उनले जानकारी दिए।