शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएन , फेरि पनि भूकम्पको धक्का

 काठमाडौं  । गत वैशाख १२ को शक्तिशाली भूकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएको छैन ।
बुधबार दिउँसोसम्म दुईओटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दिउँसो २ बजेर ४८ मिनेटमा काठमाडौं, ललितपुर र मकवानपुरको सीमानालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, बुधबार बिहान ११ बजेर १० मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन गएको थियो । पराकम्पन जानेक्रम नरोकिएपछि त्रसित जनजीवन अझै सामान्य बन्न सकेको छैन ।
भूकम्पविद्हरुले भने पराकम्पन जानेक्रम केही समय रहने भन्दै सुरक्षित भएर दैनिक कामकाजमा फर्कन सुझाएका छन् । इमेजखबरमा समाचार छ ।