नयाँ दिल्लीमा गणतन्त्र दिवस मनाइयो

बाबु रोका मगर 
नयाँ दिल्ली, २९ मई । भारतको राजधानी नयाँ दिल्लीमा नेपालको आठौं गणतन्त्र दिवस समारोह सम्पन्न पारिएको छ । गास, वास र कपासको खोजीको संगसंगै भारत प्रवासमा कार्यरत रहि अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको आयोजनामा सो समारोह सम्पन्न भएको हो । 
समारोह मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । खनालले सो अवसरमा मन्तव्य दिंदै-देशले आठौं गणतन्त्र दिवस मनाउन सफल भएता पनि नेपाली जनताले संविधान पाउन नसक्नु दूर्भाग्यको विषय भएको बताउनु भयो । खनालले देशको परिवर्तनका कैयौं ऐतिहाँसिक आन्दोलनहरुमा विद्यार्थीहरुको महत्वपूर्ण योगदान रहँदै आएता पनि राज्यले विद्यार्थीहरुको योगदानलाई नजर अन्दाज गर्नु आफैमा दु:खद विषय भएको औंल्याउनु भयो । 
कार्यक्रमको आयोजना मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत विद्यार्थी पश्चिमोत्तर क्षेत्रीय विभागले गरेको थियो । कार्यक्रमको सञ्चालन रोशन खनालले गनुभएको थियो भने अध्यक्षता अजय आचार्यले । ज्ञातअज्ञात शहिदहरुप्रति र भुकम्प मा ज्यान गुमाएका जनप्रति एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई चन्द्रकला भण्डारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य नारायण शर्मा र विश्व नेपाली साप्ताहिकका व्यवस्थापक धनवीर पुन मगरको पनि आतिथ्यता रहेको थियो । 
उक्त कार्यक्रममा विद्यार्थीहरुले वादविवाद कार्यक्रमको पनि आयोजना गरेको जानकारी रोशन खनाल ले इमेल मार्फत अर्घाखाँची डट कमका प्रतिनिधिलाइ बताउनु भएको छ। 
world news