
काठमाडौ – सरकारले भारतमा उत्पादीत म्यागी चाउचाउलाई नेपालमा बिक्री वितरण र आयतमा प्रतिबन्ध लगाएको छ । उक्त चाउचाउमा अखाद्य तत्वको मात्रा पाइएपछि भारतको विभिन्न राज्यमा त्यसको बिक्री वितरणमा रोक लगाइएको छ ।
नेपालमा पनि उक्त चाउचाउको बिक्री वितरण हुँदै आएकोमा सरकारले त्यसको अनुसन्धान नहुन्जेलसम्मलाई बजार प्रवेशमा रोक लगाएको हो । कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले म्यागी चाउचाउको बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको ईकान्तिपुरलाई बताए । भन्सारमा वा गोदाम जहाँ भएपनि त्यहीँ म्यागी चाउचाउलाई रोकेर बजारमा नपठाउन निर्देशन दिइएको भट्टराईले जनाए । ‘सबै निकायलाई म्यागी जहाँ जुन स्थानमा छ त्यहीँ रोक्न निर्देशन दिएका हौं,’ उनले भने-‘भोलि यसबारे सार्वजनीक सूचाना प्रकाशित गरिने छ ।’
म्यागीमा अखाद्य पदार्थको मात्रा बारे अनुसन्धानको जिम्मा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई दिएको छ । विभागको रिपोर्ट अनुसार थप निर्णय पछि लिइने जनाइएको छ । खान नहुने पुष्टी भयो भने सधैंलाइै प्रतिबन्ध गरिने सरकारको तयारी छ । ईकन्तिपुरमा समाचार छ ।