चौधरी ग्रुपदवारा उत्पादित वाइवाइ चाउचाउ बिक्री वितरणमा रोक

भारतको तमिलनाडु मा चौधरी ग्रुपदवारा उत्पादित वाइवाइ चाउचाउ  बिक्री वितरणमा रोक लगाइएको छ । 
 
३ महिनाका लागि तमिलनाडु राज्यले वाइवाइ चाउचाउ  बिक्री वितरणमा रोक लगाएको हो ।
 
म्यागीमा प्रतिबन्ध लागेसँगै अन्य तीन चाउचाउ वाइवाइ चाउचाउ  एक्सप्रेस नुडल्स,रिलायन्स सेलेक्ट इन्स्ट्यान्ट नुडल्स र जोन्स चिकेन्स मसला नुडल्समा प्रतिबन्ध लगाएको हो । सिक्किम सरकारले पनि वाई वाईमा गुणस्तर जाँच गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । सेतोपाटीमा समाचार छ ।