उमाकान्त पाण्डे/उज्यालो । यूएई , असार २ – मध्यपूर्वी क्षेत्रका साउदी अरेबीया, सम्युत्त अरब एमिरेट्स यूएई , इजिप्ट, कुबेत, ओमन , बहराइन , कतार लगायतका देशहरूमा मुस्लिम समुदायको पवित्र महिना रमादान आज बिहीवारदेखी सुरु भएको छ । इस्लामिक पात्रोअनुसार चन्द्रमालाई आधार बनाएर रमादान सुरु भएको घोषणा गरिने हुँदा चन्द्रमाको गतिसँगै समयमा आएको फरकले विभिन्न देशमा रमादानको समयमा समेत केही फरक हुने गर्छ ।
मुसलमान समुदायले पवित्र चाड रमादान पर्व एक महिना सम्म मनाउने गर्छन् । यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन छ ।
यस् एकमहिने व्रतमा सधैं खाइरहने धनीहरूले समेत भोकै बसेर गरिबहरूको भोक अनुभव गर्न सक्ने मान्यतामा आधारित छ । यो अवधिभर सबै मुस्लिम उपवास बस्ने गर्छन् । तर बालक, बिरामी, मानसिक सन्तुलन ठीक नभएका र अशक्तहरूमा यो उपवास अनिवार्य छैन । रमादान सकिएको भोलिपल्ट ईद-उल फित्र -ईद) मनाइन्छ । ईद नमाज -ईदुलफित्र अदा पढ्नुअघि आफ्नो बचतको अढाई प्रतिशत रकम वा बचत नभए अढाई केजी गहुँ -फित्रा बराबरको मूल्य वा अन्न गरिबलाई दान गर्ने संकल्प गर्नु मुस्लिम समुदायमा अनिवार्य छ ।
संसारभरिका मुस्लिमहरूले रमादानको एक महिनासम्म घाम झुल्किएदेखि सूर्यास्त नहुन्जेलसम्म पानीसमेत नपिई कठोर व्रत राख्छन् । इस्लाम धर्ममा रमादानको महिनाभरि स्वर्गको ढोका खुला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास रहेको छ । सूर्योदयभन्दा केही समयअघि सेहरी -बिहानको खाना र सूर्यास्तपछि इफ्तार खाने चलन छ । इस्लाम धर्मावलम्बीहरूले दैनिक पाँचपटक प्रार्थना -नमाज, पढ्ने गर्छन् । इस्लामिक मुलुकहरूमा रमादानको महिनाभरि सार्वजनिक स्थलमा खाएको, पिएको वा धूमपान गरेको पाइएमा सजायको भागीदार हुनुपर्ने कानुनी प्रावधान छ ।
संयुक्त अरब इमिरेट्स्मा यो परम्परा उल्ल्लंघन गरिएको पाइएमा एक महिनासम्म जेल सजाय वा दुई हजार-करिब नेरु ४० हजार सम्म जरिवाना हुनसक्ने यूएईको फेडेरल पेनेल कोर्टमा व्यवस्था गरिएको छ । त्यस्तै यूएईको फेडरल ल १९८० को धारा ६५ मा कामदारले खाइपाई आएको तलब नघट्ने गरी रमादान अवधिभर साविकको काम गर्ने समय ८ घन्टालाई घटाएर ६ घन्टा कायम गरिएको छ ।
स्थानीय कानुन र आस्थाको सम्मान गर्नु आवश्यक
यो महिनाको अवसरमा खाडीस्थित नेपाली मुस्लिम अग्रजहरूले शुभकामना प्रकट गरेका छन् । नेपाल मुस्लिम फोरम फर कल्चर एन्ड डेभलेपमेन्ट, यूएईका महासचिव शाह नवाज अख्तरले यहाँस्थित सम्पूर्ण मुस्लिम र गैरमुस्लिम नेपालीमा रमजानको शुभकामना प्रकट गरे । हामी सबै मिलेर रमादान पर्व खुशीयालीका साथ मनाऔ उनले भने ।
उनले जुन मुलुकमा आफू बसोबास गरिन्छ सोही मुलुकको देशको कानुनलाई इमानदारीपूर्वक पालना गर्नुपने इस्लाम धर्मको हदिसमा लेखिएको कुरा उल्लेख गर्दै धार्मिक सहिष्णुताको उदाहरणीय मुलुक नेपालबाट यहाँ आएर बसोबास गर्ने सम्पूर्ण नेपालीबाट सधैंका वर्षजस्तै यस वर्ष पनि यहाँको कानूनको पूर्णता पालना हुनेमा विश्वास प्रकट गरे ।
नेपाली मुस्लिम समाज कतारका फाउण्डर मेम्बर तथा संस्थापक महासचिव सामाजिक कार्यकर्ता करिम बकस मियाले यो आत्मशुद्धिको पर्व भएको उल्लेख गर्दै सम्पूर्ण मानवजातिको कल्याणको लागि उपयोगी होस् भन्ने कामना प्रकट गरे । उनले भने ‘सुखीले दुखलाई चिन्ने,दुखमा सुखको अनुभूति हुने,तथा नैतिकता,अनुशासन र आत्मीयताको महिना भएकोले रमादान सम्पूर्ण जगतमा मुबारक बनोस।’
यूएईमा रमाजानको अवसरमा सरकारी तथा नीजी क्षेत्रका कार्यालयको कामगर्ने समय तालिका
इश्लाम धर्मावलम्बीहरुको पबित्र धार्मिक रमदान महिनाभर सरकारी तथा निजि क्षेत्रका कार्यालयको काम गर्ने समयमा पनि केहि हेरफेर हुने गरेको छ । आबुधाबीमा रहेको नेपाली दुतावासको कार्यालय सन्चालन समयमा कुनै फेरबदल नभएको दुतावासले जनाएको छ ।
यूएईमा रमादानको समयमा सरकारी तथा निजि क्षेत्रका कार्यालय समय तथा स्कुल, पार्किंङ, बस तथा मेट्रोको समय निम्न अनुसार रहने छ ।
स्थानीय खालीज टाइम्स दैनिकका अनुसार बिभिन्न क्षेत्रको कार्य समय तालिका यस् प्रकार छ ।
सरकारी क्षेत्रको काम गर्ने समय
सार्वजनिक तथा सरकारी क्षेत्रमा विभिन्न मंत्रालय र अन्य संघीय प्राधिकारीमा कर्मचारीहरु लागि काम गर्ने समय बिहान ९ बजे देखि दिउस २ बजे सम्म रहने छ।
निजी क्षेत्रको काम गर्ने समय
सबै निजि ब्यबसाय, ट्रेनिङ संस्थाहरु र निजी क्षेत्रका कम्पनीहरुमा साबिक काम गर्ने समय भन्दा २ घण्टा कम गरिएको छ र त्यो २घण्टा छुट्टि हुने समयको तलब काटिने छैन।
स्कुल
स्कूलको लागी समय बिहान ८:३० देखि १:३० सम्म गरिएको छ।
दुबई पार्किंङ
पार्किंङको समय सनिबार देखि बिहिबार सम्म बिहान ८ बजे देखि १ बजे सम्म र बेलुकी ७ बजे देखि १२ बजे राति सम्म शुल्क लाग्ने छ भने दिउस १ बजे देखि ७ बजे सम्म निशुल्क रहने जनाइएको छ। तर दुबईको फिस मार्केटको, टि-कम र नलेज भिलेजको समय अलग्गै रहेको छ, फिस मार्केटको समय सनिबार देखि सुक्रबार सम्म नै बिहान ८ बजे देखि १ बजे सम्म र बेलुकी ४ बजे देखि ११बजे सम्म रहेको छ। टि-कम र नलेज भिलेजको समय पनि फरक रहेको छ सनिबार देखि बिहिबार सम्म बिहान ८ बजे देखि बेलुकी ६ बजे सम्म रहेको जनाइएको छ।
एरपोर्टभित्रका पार्किंङमा भने कुनै परिबर्तन नभएको जानकारी दिएइको छ।
शारजाह पार्किंङ
शारजाहको प्रीपेड पार्किंङको समय बिहान ८ बजे देखि १ बजे सम्म र बेलुकी ७ बजे देखि १२ बजे सम्म रहेको छ।
यातायात
दुबई बस जुन १८ तारिक देखि जुलाई १७ तारिक सम्म देइरा गोल्डसुक र बर दुबईको गुबैबा बस स्टप बिहान ५ बजे देखि बेलुकी मध्यरातको १२ बजे सम्म खुल्ला रहने छ।
अल गिसेस, सत्वा, अल कुज र जेबल अलि बिहान ५:४० देखि बेलुकी १०:३० सम्म खुल्ला रहने छ।
अरु स्टेशन: बिहान ५ बजे देखि मध्य रातको १२:३० सम्म संचालन हुने छ भने C०१ भने २४ घण्टा सञ्चालन हुनेछ।
मेट्रो स्टेशनका बसहरुको सेवा
रसिदिया , मल अफ ईमीरेटस, आइ बि एन बटुटा, बुर्जस्टेसनहरु सनिबार देखि बुधबार बिहान ५:१५ देखि मध्यरातको १२:३० सम्म संचालनमा रहने छ ।
बिहिबार र सुक्रबार बिहान ५:१५ देखि मध्यरात १:१० सम्म संचालनमा रहने छ ।
सबै मेट्रो स्टेशनमा फिडरबसहरु मेट्रो स्टेसन अनुसार फ्रीमा चालु रहने छन।
जुन १८ देखि जुलाई १७ यस वर्ष, पब्लिक बसको समय निम्नानुसार छ :
अल गुबैबा बस स्टेसन २४ घण्टा, युनिएन स्क्वार, सबका बिहान ५:३० देखि मध्यरात १२ बजे सम्म, देरा सिटि सेन्टर देखि करामा स्टेसन बिहान ६:१० देखि १०:१५ सम्म।
सारजाहको लागी जुबैल स्टेसन २४ घण्टा खुल्ला रहने छ, आबुधाबी स्टेसन बिहान ५:०० बजे देखि मध्यरात १२:३० सम्म, फुजेरा स्टेसन बिहान ५:५५ देखि बेलुकी ९:३०सम्म, आज्मान स्टेसन बिहान ६:०० बजे देखि बेलुकी १०:०० बजे सम्म, हात्ता स्टेसन बिहान ५:३० बजे देखि बेलुकी ९:३० बजे सम्म।
मेट्रो रेड लाइन
सनिबार देखि बुधबार बिहान ५:३० देखि मध्यरातको १२:०० सम्म संचालनमा रहने छ । बिहिबार बिहान ५:३० देखि मध्यरातको १:०० सम्म र सुक्रबार दिउस १:००बजे देखि राति १ बजे सम्म संचालन रहने छ।
मेट्रो ग्रीन लाइन
सनिबार देखि बुधबार बिहान ५:३० देखि मध्यरातको १२:०० सम्म संचालनमा रहने छ । बिहिबार बिहान ५:३० देखि मध्यरातको १:०० सम्म र सुक्रबार दिउस १:००बजे देखि राति १ बजे सम्म संचालन रहने छ।