उमाकान्त पाण्डे/यूएई, असार १० – संयुत्त अरब एमिरेट्स यूएईको अजमानमा कार्यरत नेपालीहरुले एक लाख नेपाली रुपैयाँ राहत सकंलन गरेका छन् । अजमानमा रहेको बिन हिन्दी सेक्युरिटी कम्पनीमा सुरक्षा सेक्युरिटी पेशामा कार्यरत नेपालीहरु मिलेर भूकम्प पीडितका लागी १ लाख ५ सय ६७ नेपाली रुपैया राहत सकंलन गरेका हुन ।
धनले कसलाई पुगेको छ , मनै रैछ ठूलो
आत्मीयता दर्शाउने वचनै रैछ ठूलो !!
भन्दै कम्पनीमा काम गर्ने गणेश प्रसाद पौडेल(तनहुँ),राजकुमार गुरुङ (काठमान्डौ), तारा बहादुर लिङ्देल (सुनसरी), र बम बहादुर गुरुङ (गोरखा) को सकृयतामा अजमानमा सकंलन गरिएको सो रकम अन्तरास्ट्रिय कलाकार समाज यूएई च्याप्टरलाई बुझाएका छन । सो रकमलाई सही सदुपयोग गर्न भन्दै उनीहरुले लिखित पत्र सहित समाजका अध्यक्ष मोहराज शर्मा , सचिव जे सागर , र कोषाध्यक्ष लक्षमण देवालीलाई सम्युत्त रुपमा हस्तान्तरण गरिएको हो ।
अजमानमा सेक्युरिटी पेशामा कार्यरत नेपालीहरुबाट प्राप्त गरेको सो रकम नेपालमा परिवार गुमाएका यूएईमा कार्यरत नेपालीहरुलाई प्रत्यक्ष सहयोग गर्ने र अन्य नेपालीहरुबाट सकंलन भएको रकमले नेपालमा कलाकार समाज मार्फत भूकम्प पीडितका लागि निर्माण गरिने अस्थायी आवासका लागि खर्चिने समाजका यूएई सचिव जे सागरले जानकारी दिनुभयो ।
समाजले यूएईमा रहेका नेपाली मार्फत अहिले सम्म ३ लाख नेपाली रुपैया नेपाल पठाई सकेको समाजका अध्यक्ष मोहराज शर्माले बताउनु भयो ।
कम्पनीमा कार्यरत नेपालीहरुले सकंलन गरेको सहयोग हस्तान्तरण गर्न पाउँदा खुशी लागेको कम्पनीमा कार्यरत नेपालीहरुले बताएका छन् ।