कृष्ण प्रसाद भुसालबाट
विरगंज, पर्सा । जिल्लास्तरीय सरोकारवाला निकायह प्रकृतिको कुचिकार दुर्लभ गिद्ध संरक्षणमा संयुक्तरुपमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन । जिल्ला वन र पशुसेवा कार्यालय पर्साको समन्वय, नेपाल पन्छी संरक्षण संघको आयोजना र हरीयो वन कार्यक्रमको सहयोगमा सम्पन्न सरोकारवालाहरुको गोष्ठीमा गिद्ध विनाश र संरक्षण बहुपक्षिय सरोकारको विषय भएकोले सयुक्त रुपमा पहल गर्नुपर्ने औलाइएको थियो । कार्यक्रममा गिद्धको महत्व, घटनुकाृ कारण, नेपालमा संरक्षणका प्रयास र सरोकारवलाहरुकोको भुमिका विषयमा नेपाल पन्छी संरक्षण संघका जीव विज्ञ कृष्ण भुसालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला पशु सेवा कार्यालय पर्साका प्रमुख डा. राम परीक्षण शाहले डाईक्लोफेनेकका कारण गिद्ध विनाश भएकोले यसको प्रयोगमा पुर्ण प्रतिवन्ध लगाउन आफुहरु लगिरहेको बताउनुभयो । जिल्ला वनकार्यालय पर्साका प्रमुख शिवनन्दन शाहले गिद्धका लागि उपयुक्त अग्ला र ठुला रुखहरु जोगाउन सामुदायिक तथा निजी वनहरुमा पहल गर्ने बताउनु भयो । कृषि विकाश कार्यालय पर्सा प्रमुख कमल राज गैरेले सिनोमा विष प्रयोग र अनावस्यक विषादी प्रयोगलाई निरुत्साहीत गर्नुपर्ने बताउनु भयो । जनस्वास्थ्य कार्यालय प्रमुख अरुण कुमार महतोले कही कतै मानिसलाई प्रयोग गरीने डाईक्लोफेनेक पशुउपचारमा प्रयोग गरीने सम्भावनालाई रोक्न पहल गर्ने जानाकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी केशवराज घिमीरेले गिद्ध तथा अन्य जैविक विविधता कुनै एक सस्था वा निकायले मात्र गरेर नहुने हुदा बहुपक्षिय अभियान संचालन आवस्यक रहेको बताउनु भयो ।
लोपोन्मूँख पंक्षी गिद्धको पर्यावरणीय चक्र र खाद्यसृङखला सन्तुलीत र गतीशिल राख्न महत्वपूर्ण भूमिका हुन्छ । आफै सिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धहरु प्रदुषित र दुर्गन्धित बातावरणलाई स्वच्छ र सफा राखी विभीन्न महामारी सरुवा रोगहरु हैजा रेबिज प्लेग एन्थ्राक्स फैलन बाट रोक्छन । विगत दश बर्ष यता नेपाल लगायत दक्षिण एशियामा गिद्धको संख्या ९५ प्रतिशत भन्दा बढीले घटेको छ । गिद्धको संख्या यसरी अप्राकृतीक र नाटकिय रुपमा घटनुको प्रमुख कारण घरपालुवा पशु उँपचारमा प्रयोग गरीने औषधी