रुपन्देहीमा जग्गा भाडामा लिएर कृषि प्रणाली अपनाउने बढे

कृष्ण खनाल
बुटवल, २३ असार । जग्गा छैन, के कृषिमा लाग्ने हो खै भन्नेहरुलागि रुपन्देहीका केही उर्जाशिल किसानहरुले जग्गा भाडामा लिएर कृषि प्राणाली अबलम्बन गरी मनग्य आम्दानी गरेर गतिलो उदाहरण पेश गरेका छन् । 
खेरा गएको बाँजो जग्गालाई खनजोत गरी हराभरा बनाएर ति किसानहरुले आफ्नो आम्दानीको पहिलो स्रोतको रुपमा कृषि प्रणालीलाई बनाएका छन् । आफ्नो नीजि जग्गा नभएपनि रुपन्देहीका विभिन्न स्थानहरुमा किसानहरुले सयौँ विघा ग्गा भाडा(लिज)मा लिएर कृषि प्राणाली अपनाईरहेका हुन । किसानहरुले यसरी भाडमा लिएको जग्गामा धान खेती, कुखुरा पालन, माछा पालन, पशु