भुकम्प पीडितका लागि नेपाली समाज ओमान द्वारा ९ लाख बढीको आर्थिक सहयोग

ओमान , असार २७ – भूकम्प पीडितक लागि ओमानमा कार्यरत नेपालीहरुले आर्थिक राहत सकंलन गरेका छन । ओमानमा रहेको नेपालीहरुको सबैभन्दा पुरानो सस्था नेपाली समाज ओमानले ९ लाख ८ हजार ५ सय ७ रुपैया सकंलन गरेर सहयोग गरेको छ । 
ओमानमा रहेको नेपाली दुतावासले सन्चालन गरेको राहत सकंलनको अभियानमा हातेमालो गर्दै समाजले सो रकम सकंलन गरेको हो । सकंलित रकम प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने गरी ओमानमा रहेको दुतावासलाई हस्तान्तरण गरिएको पशुपती जिसीले जानकारी दिनुभयो । 
त्यस्तै समाजले ओमानमै कार्यरत एक भुकम्प पीडित नेपालीलाई पनि प्रत्यक्ष आर्थिक सहयोग गरेको छ । ओमानमा रहेको मिर्मिरे सास्कृतिक परिवारकी कलाकार गोरखाको बारपारकी सरिता गुरुङगलाई समाजले २६ हजार नेपाली रुपैया सहयोग गरेको समाजका अध्यक्ष लिलानाथ कोईरालाले बताउनु भयो । 
आफुहरुले चन्दा स्वरुप श्रम बेचिरहेका नेपाली र अन्य बिदेशी नागरिकहरु मार्फत सकंलन गरेको रकम वास्तविक पीडितलाई सरकारले पारदर्शी तवर वितरण गरोस् भन्दै समाजको अभियानमा सहयोग गर्ने ओमानमा कार्यरत नेपालीलाई समाजले आभार ब्यत्त गरेको छ ।