कोरिया आएका एक नेपालीको औद्याेगिक दुर्घटनामा परेर मृत्यु

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारी गर्न कोरिया आएका एक नेपालीको औद्याेगिक दुर्घटनामा परेर मृत्यु भएको छ । 
साढे ३ बर्ष अघि कोरिया आएका मोरङ हत्तिमुढा ८ का गान्धीराज खतिवडाको सोमबार दिउँसो आफनै कम्पनीमा काम गरिरहेका बेला दुर्घटनामा परेर मृत्यु भएको हो ।
ख्यंगीदो ह्वासङसीमा रहेको ईलुसीएनपी नामक फलाम कम्पनीमा कार्यरत ३२ बर्षीय खतिवडा दिउँसो १२:५५ बजे दुर्घटनामा परेका थिए | ठुल्ठूला मेसिनको पाटपुर्जा बनाउने उक्त कम्पनीमा खतिवडालाई डाई पल्टेर च्यापेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यहाँ कार्यरत सुदिप कोइरालाका अनुसार खातिवडाको कार्यकाल आउदो फेब्रुवरीमा सकिंदै थियो । सो कम्पनीमा अन्य तीन नेपाली कार्यरत छन् । उनीहरु कम्पनी परिवर्तन गरेर गत जनवरीमा त्यहाँ गएका थिए ।
घटनाको जानकारी परिवारलाई दिइसकिएको सोलस्थित नेपाली दूताबासले जनाएको छ । ईकन्तिपुरमा समाचार छ ।