विराटनगर, श्रावण ४ । सुनसरी र झापा जिल्लामा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार सुनसरीको ईटहरी नगरपालिका-१४ खनार चोकमा आज बिहान को १ ख १९७४ नम्बरको बसको ठक्करबाट को १२ प १४०७ नम्बरको मोटरसाइकलका चालक भोजपुर स्याम्सिला-४ बस्ने ४६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते अवस्थामा उपचारका लागि लगिएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ८ः३० बजे धरानबाट बिराटनगरतर्फ आउदै गरेको बसले बिराटनगरबाट ईटहरी जानेक्रममा उनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
त्यसैगरी आजै बिहान झापाको कन्काई नगरपालिका