बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश शनिबार मनाइएको छ ।
ईजरायलको रमातगानको पार्क लुमीमा भएको कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत प्रल्लाद कुमार प्रसाईंको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो ।
समारोहमा उहाँकी धर्मपत्नी सिता प्रसाईं पनी उपस्थित हुनुभएको थियो । कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश गौतम ‘सागर’ ले गर्नुभएको थियो । स्वागत भाषण सह सचिव कल्पना पौडेल ‘जिज्ञासु’ले गर्नुभएको थियो ।
आयोजक सस्थाको तर्फवाट बरिष्ठ उपाध्यक्ष दीपेन्द्र थापाले संस्थाको गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो । संस्थाकी सदस्य समा श्री ज्युले भानुभक्तको आलेखको बारेमा प्रस्तुत् दिनु भएको थियो । अनेसास इजरायल शाखाका अध्यक्ष कृष्ण पक्ष थापाले शुभकामना मन्तब्य दिनु भएको थियो । त्यसै गरी हिन्दुजागरण नेपाल अभियान इजरायलको तर्फवाट सुमित्रा आचार्यले पनि शुभकामना मन्तब्य ब्यत्त गर्नु भएको थियो ।
कार्यक्रममा बिभिन्न संघ सस्था र सङ्गठन बाट साहित्यकार तथा साहित्य अनुरागीहरुको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्य अनुरागीहरुबाट कविता गज़ल मुक्तक गीत र भानुभक्त सम्बन्धि रचनाहरु बाचन गरिएको थियो ।
इजरायलका लागि नेपाली राजदुत प्रल्लाद कुमार प्रसाईं ज्युले कार्यक्रमको समीक्षा गर्दै भानुको बारेमा प्रस्ट पार्दै कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरु सावित्रा लुइँटेल घिमिरे , दिपेन्द्र थापा ‘ गणेश गौतम ‘ सागर’ कल्पना पौडेल ‘ जिज्ञासु’ बसु श्रेष्ठ अम्बिका याम्फु अनमोल , समा श्री ‘ कृष्ण पक्ष ‘ केशु पोखरेल, सुमित्रा आचार्य आदिलाई राजदुत प्रसाइले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । आयोजक संस्था विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष सावित्रा लुइँटेल घिमिरेले उपस्थित सम्पूर्णलाई आभार तथा धन्यवाद दिंदै कार्यक्रमको समापन गरिएको थियो ।