नवलरासीको गैंडाकोटमा पुल भाँचिएपछि अबरुद्ध यातायात एकतर्फी रुपमा सुरु

चितवन – पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलरासीको गैंडाकोट ७ र ९ वडा जोड्ने जयश्री खोलाको ३२ मिटर लामो फलामे पुल (आइरन ट्रस ब्रिज) भाँचिएपछि झण्डै २४ घण्टा अबरुद्ध यातायात एकतर्फी रुपमा सुरु भएको छ ।
खोलामा ह्युमपाईप राखेर डाइभर्सन निर्माण गरिएपछि यातायात सुचारु भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमूख दीपक भट्टराईले बताए । उनका अनुसार अहिले पश्चिमबाट पूर्वतिर रोकिएका साधन पठाउने कार्य भई रहेको छ ।
पानी नपरे मालबहाक ट्रकलाई पनि गन्तब्यतर्फ पठाईने भट्टराईले बताए । पहिलो प्राथमिकता यात्रु बोकेका बसलाई दिएका छौं,उनले भने, पानी नपरे रातिसम्म सबै यातायातलाई गन्तब्यतिर पठाईसक्ने छौं । ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु