विश्व स्तनपान: रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा स्वथ्य शिशु प्रतियोगीतमा शिसु सहित अन्तरवार्ता दिदै एक आमा । तस्वीरः कृष्ण खनाल, अर्घाखाँचीडट्कम, बुटवल, बिहीबार २१ श्रावण, २०७२
कृष्ण खनाल
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाकी कल्पना राना जव गर्भवती भईन् त्यतिबेला देखि नै नियमित स्वाथ्य परिक्षण गराउनुको साथै चिकित्सकको सल्लाह पनि लिईरहिन् । गर्भवती भएको बेला पेटको बच्चा स्वाथ्य जन्माउनको लागि चाहिने प्रायाप्त आईरन चक्की खाईन । सुत्केरी व्यथा लागेपछि उनी स्वाथ्य संस्थामा गईन । बच्चालाई एक घण्टा भित्र प्रायाप्त मात्रमा स्तनपान समेत गराईन् ।
६ महिना सम्म आमाको दुध मात्र खुवाईन र एक बर्ष सम्म बच्चाउले पाउने आधरभुत सबै खोप समेत लगाईन् । यि उल्लेख गरिएका सबै कुरा स्वाथ्य शिसु बनाउनको लागि आमाले अपनाउनुपर्ने आधारभुत विषय हुन । माथि उल्लेख गरिएका सबै कुरा पालन गरेपछि कल्पना रानाको बच्चा सोम सारु मगर अहिले स्वाथ्य छ । उनको बच्चा स्वास्थ मात्र छैनन् । शिसु अवस्थामै