झापामा आगलागीबाट दश लाख रुपैयाँ बराबरको क्षति

झापा  । झापाको शनि-अर्जुन नगरपालिकास्थित एक घरमा सोमबार बिहान आगलागी भएको छ।
आगलागीबाट शनि-अर्जुन नगरपालिका-४ का भोजराज चौहानको काठले बनेको घर तथा घरभित्र रहेको सम्पुर्ण सामान जलेर अन्दाजी दश लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहान करिब २ः३० बजे उनको भान्सा घरको विद्युत सर्ट भई आगलागी भएको थियो । आगो दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ३ः३० बजे नियन्त्रणमा आएको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु