स्वच्छ, शिक्षित तथा समृद्द नेपालका निम्ती युवा अभियान

अर्जुन खनाल
 युवाहरुको संजाल कम अन युथ स्टान्ड अपले भुकम्प पछि ग्रामीण स्तरमा फैलन सक्ने विभिन्न महामारि रोगहरुको बारेमा जनचेतना दिदै “स्वच्छ, शिक्षित तथा समृद्द नेपाल” नामक कार्यक्रमहरु भुकम्प प्रभावित जिल्लाहरुमा आयोजना गर्दैछ । कास्कीको जलेश्वर माद्यमिक बिद्यालय यस अभियानको प्रारम्भ गरिएको र आगामी दिनमा देशका विभन्न ठाउँमा यस अभियानलाई बृहयत रुपमा लैजाने आयोजक मध्येकी सरिता पुरीले बताईन ।
कार्यक्रमको उद्देश्यको बारेमा बताउदै कार्यक्रम प्रशिक्षक तथा युवा अभियन्ता मनिष थापाले भने ” सरसफाइ तथा मानव स्वास्थ्य सम्बन्धी जनचेतनामुलक सामाग्रीहरु बितरण गर्ने, संक्रमण युक्त रोगबाट बच्नका निम्ती अपनाउन पर्ने बिधिहरुको बारेमा विद्यार्थीलाई शिक्षा प्रदान गर्ने, पाठ्यसामग्रीहरु वितरण गर्ने, बिद्यालय द्वारा संचालित पूर्ण सरसफाइ कार्यक्रमको प्रोत्साहन गर्ने, विद्यार्थीलाई क्षमता अभिवृद्दी तालिम प्रदान गर्ने रहेको छ ” । यस कार्यक्रमको आयोजना तत्व डिजाइन, गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया , एडीलेड नेप्लिज वुमनस एशोसियसनको आर्थिक सहयोगमा अहिले नगरे कहिले हामीले नगरे कसले सस्थाको संयोजनमा कम अन युथ स्टान्ड अपको अग्रसरतामा भएको छ ।
पहिलो चरणमा जलेश्वोर माद्यमिक बिद्यालयमा गरिएको कार्य्रक्रममा शिक्षक शिक्षिका तथा विद्यार्थी, सो विद्यालय आसपासका स्थानिय वासिन्दा, विद्यालय व्यवस्थापन समिती का सदस्य तथा कम अन युथ स्टान्ड अपका स्वंयमसेवक गरि करिब २०० को उपस्थितीमा रहेको थियो ।
कार्यक्रममा बोल्दै जलेश्वोर माद्यमिक बिद्यालयका प्रधानाध्यापकद्वारा नेपाल सरकार तथा बिद्यालय व्यवस्थापन समितिद्वारा गरिनुपर्ने कार्यमा युवा समुहद्वारा सन्चालन गरिएको यस देशव्यापी अभियानको स्वागत गर्दै आगामी दिनमा सो बिद्यालयद्वारा पाठ्यसामाग्रिमा मात्र नभै व्यवहारमा समेत समेटिने गरी सरसफाइका गतिबिधी समेटिएको बिभिन्न कार्यक्रमहरु नियमित रुपमा सन्चालन गर्ने तथा सरसफाइको हिसावले बिद्यालयलाई एक नमुना बिद्यालयको रुपमा पारीचित गराउने बताएका छन् ।
सो कार्यक्रममा बिद्यालयमा अध्ययनरत कक्षा १ देखिन कक्षा १० सम्मका विद्यार्थीलाई प्रती विद्यार्थी ८ थान पाठ्यसामग्री, बिद्यालयलाई सरसफाइका सामग्री जस्तै व्यवस्थित रुपमा फोहर बिसर्जन तथा फोहर व्यवस्थापनका निम्ती १० थान बाल्टिन, विद्यार्थीलाई सरसफाइका बिभिन्न जनचेतनामुलक जानकारी तथा हात धुने प्रयोगात्मक शिक्षा सँगै बिद्यालयलाई केही थान सावुन बितरण गरिएको छ । र यसका साथसाथै सो कार्यलाई आगामी दिनमा समेत नियमित लागु गर्नका निम्ती सोही बिद्यालयका कक्षा ६ देखिन कक्षा ९ सम्मका विद्यार्थीलाई समेट्दै एक समुहको स्थापना गरिएको छ ।
सो समुहले नियमित रुपमा सरसफाइका कार्यहरु सन्चालन गर्ने, आफुले सिकेका तालिम तथा शिक्षा स-सना बालबालिकालाई सिकाउने तथा आफ्नो सम्बन्धित समुदायमा समेत बिकास गर्नेछन ।कार्यक्रममा बोल्दै कम अन युथ स्टान्ड अप पोखराका अध्यक्ष रविन शर्माले यस स्वच्छ शिक्षित तथा समृद्द नेपाल कार्यक्रम आगामी दिनमा बिनाशकारी महाभुकम्पबाट क्षती पुगेको बिभिन्न जिल्लामा सम्पन्न गर्ने जनाउदै यसलाई हाल सरसफाइका कार्यमा सिमित राखेता पनि दुरगामी हिसावले विद्यार्थीलाई भबिस्यका निम्ती क्षमता अभिवृद्दी गर्दै कुशल नेत्रित्व हुन सक्ने सिप प्रदान गर्ने योजना रहेको बताउनुभयो । र सँगै यस कार्यक्रममार्फत बितरण गरिएको सम्पूर्ण सरसफाइका सामग्रीलाई दुरगामी हिसावले प्रयोग गर्दै बिद्यालय व्यवस्थापन समितिले अग्रसरता देखाउनुपर्ने तथा मुख्य भूमिका खेल्नुपर्ने प्रस्ट्याउनुभयो ।

अन्य समाचारहरु