मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु

बीरगंजबाट काठमाडौंतर्फ चामल ल्याउँदै गरेको मिनी ट्रक मकवानपुरको थाहा नगरपालिकामा दुर्घटना हुँदा चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा मकवानपुर, थाहाका ट्रक चालक २५ वर्षीय राजेश लामा र परिचालक १७ वर्षीय रामकुमार बलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ८ बजे चामल लोड गरि आउँदै गरेको ना३ख ९८९३ नम्बरको मिनी ट्रक अनियन्त्रित भई खोल्सामा खसेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु