शेयर बजार परिसूचक नेप्सेमा बृद्धि जारी

काठमाडौं  । मंगलबार पनि शेयर बजार परिसूचक नेप्सेमा बृद्धि जारी रह्यो । पूँजी बजारले नयाँ रेकर्ड कायम गर्न ७ अंक बाँकी छ ।
यसदिन नेप्से २ दशमलव ३३ अंकले बृद्धि भइ ११ सय ५९ दशमलब ९३ अंकमा पुग्यो । २०६५ सालमा पुगेको ११ सय ७५ को बिन्दू छुन ६ अंक मात्र बाँकी छ । यसदिन पनि वाणिज्य बैंक समूहले नेप्से बढाएको हो ।
वाणिज्य बैंक समूह ७ अंक बढिले बढ्यो । यस्तै, विकास बैंक समूह साढे ६ अंकले बढ्यो भने होटल, वित्त र बीमा समूहमा पनि बृद्धि आयो । जलविद्युत्, टेलिकम र उत्पादनमूलक समूहमा भने गिरावट आयो ।
यसदिन पनि कारोबार परिमाण उच्च नै रह्यो । १ सय ३२ कम्पनीको २६ लाख २८ हजार बराबर कित्ता शेयर ७६ करोड १२ लाख रुपैयाँ बराबरमा खरिद