रामचन्द्र नेपाल
क्लालालम्पुर । गैर आवासिय नेपाली संघ मलेसिया (एनआरएन) को अध्यक्षमा महेन्द्रजंग शाह निर्विरोध निर्वाचित भएका छन् ।
एनआरएनए मलेसियाको चौथो अधिवेशनले शाहको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको हो ।
उपाध्यक्षमा सुकमाया गोमार सिं (शान्ति) महासचिवमा लालवहादुर आले (सुन्दर),सचिवमा सुभद्रा लिङदेन, कोषाध्यक्षमा श्यामकला तिवारी निर्विरोध भएका छन् ।
सदस्यहरुमा रन्जितकुमार क्षत्री, टेकबहादुर धिक्त (टमाटा), टेकबहादुर घर्ती, ज्ञानेन्द्रबहादुर सिं, हरिप्रसाद कोइराला, राजेन्द्रबहादुर साउद र देविकुमारी खड्का (टमाटा) तथा अन्तराष्टिय समन्वय समिति सदस्यमा खगेन्द्र प्रसाद न्यौपाने निर्विरोध भएका छन् ।
शनिबार क्वालालम्पुर भएको अधिवेशनमा निर्वाचन समितिका संयोजक धिरेन्द्र प्रसाद कोइरालाले उक्त घोषणा गरेका हुन । निर्वाचन समितिमा रामचन्द्र गिरी र राजेन्द्र श्रेष्ठ सदस्य रहेका थिए ।
अधिवेशनमा प्रमुख अतिथि एनआरएनका एसिया क्षेत्रिय संयोजक गंगाराज राईले नेपालआमाको मुहार फेर्नको लागि सवै एनआरएनहरु एक हुनु पर्नेमा जोड दिए ।