अज्ञात समूहले महोत्तरीको जलेश्वर बखरी चोक र मठियानी चोकमा रहेको शसस्त्र प्रहरीको बिटमा आगजनी गरेका छन् । अज्ञात समूहले हिजो राति प्रहरी बिटमा आगजनी गरेको जलेश्वरस्थित ईकान्तिपुरकर्मी रवीन्द्र उप्रेतीले जानकारी दिए ।
आगजनी गरिएको बिटमा प्रहरीको उपस्थिति थिए । सशस्त्र प्रहरीका निरीक्षक धर्म थापाले सानो समूहमा सुरक्षाकर्मी परिचालन नगर्ने जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सबै सशस्त्र प्रहरीलाई क्याम्पमा फिर्ता बोलाइएको र आगजनी गरिएको बारेमा जानकारी नभएको बताए बताए ।
कैलालीको टीकापुरमा हिजो सोमबार आन्दोलनकारीसंगको झडपमा ७ सुरक्षाकर्मीको मृत्यु भएपछि महोत्तरीको सुरक्षा समितिले सानो समूहमा सुरक्षाकर्मी परिचालन नगर्ने निर्णय गरेको हो ।
महोत्तरीको जनजीवन अहिले सामान्य छ । ईकान्तिपुरमा समाचार छ ।