सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

यस साता स्थानीय बजारमा सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो ।
आइतबार प्रति १० ग्राम ४४ हजार २ सय ४० अर्थात् तोलाको ५१ हजार ६ सयमा कारोबार भइरहेको सुन शुक्रबारसम्म आइपुग्दा १ हजारले घटेर ५० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले कमी आइ तोलामा ६ सय ७५ मा कारोबार भएको महासंघले जनाएको छ । इमेजखबरमा समाचार छ ।