नेपाल राष्ट्र बैंकले नेपालको संविधान २०७२ घोषणा भएको उपलक्ष्यमा २००० र १०० का स्मारिका सिक्का निकाल्ने भएको छ ।
बैंकले सोमबार विज्ञप्ति प्रकाशित गर्दै संविधान घोषणा भएको ऐतिहासिक अवसरको सम्झनामा रु, २००० दरका चाँदिका र १०० दरका क्यूप्रोनिकेल (तामा र निकेल) स्मारिका सिक्का निष्कासन तथा बिक्री वितरण गर्ने जनाएको हो । कान्तिपुरमा समाचार छ ।