दिल्ली स्थित न्यू सुपा देउराली माँ टुर एण्ड ट्राभल्स समितीको पुनर्गठन

बाबुरोका मगर 



दिल्ली, भारत । भारतको राजधानी दिल्ली स्थित न्यू सुपा देउराली माँ टुर एण्ड ट्राभल्सको समितीको पुनर्गठन भएको छ । केहि समयदेखि निरन्तर सेवा दिन नसकेको गुनासो आएपछि फेरी जनसुबिधाको लागि दिल्ली गुडगाव देखि नेपालका सबै क्षेत्रहरुमा आफ्नो सेवा संचालन गर्ने भएको छ ।

 


 

संस्थापक तथा चियरमेन रबि शाहले भारतमा खोलिएका विभिन्न पुराना नेपाल भारत यातायात टुर एण्ड ट्राभल्स मध्ये न्यू सुपा देउराली माँ टुर एण्ड ट्राभल्स पनि नेपालीहरुका लागि सजिलो र भर पर्दो यात्रा गराउने एक मात्र ट्राभल्स भएको र यो ट्राभल्सले समय परिस्थिति अनुरुप दिनदुखिहरुको सहयोग गरि गन्तब्य सम्म फ्री सेवा पनि गराएको जीकर गरेका छन् ।

 



 

उद्घाटन कार्यक्रममा केहि संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो कार्यक्रममा सबै प्रतिनिधिहरुले आ आफ्नो सल्लाहा सुझाव र न्यू सुपा देउराली माँ टुर एण्ड ट्राभल्सको समिती पुनर्गठन भएको खुशीमा मन्तब्य राख्दै हर्दिक बधाई दिएका थिए। समितिले ११ जना सदस्यहरुको समिती गठन गरि अन्य ७ जना ब्याक्तिहरुलाई अनुगमन टोलि मा गठित गराएको छ। भारतमा रहेका ट्राभल्सहरु मध्ये न्यू सुपा देउराली माँ टुर एण्ड ट्राभल्सको यो अनुगमन टोलि पहिलो पटक बनाएको जानकारी समितिका पदाधिकारीहरुले दिएका छन्  ।

 



 

उद्घाटन तथा पुनर्गठन कार्यक्रममा उपस्थित सबै बयाक्तिहरुलाई खाना पिना र मिठाइ वितरण गरिएको थियो। सो कार्यक्रमका अध्यक्ष रबि शाह थिए भने संचालन दिपक जिसी ले गरेका थिए ।