कोरियाली भुमिमा रहेका अर्घाखाँचीबासीहरुको संस्था अर्घाखाँची मञ्चले कोरियाको चाड छुसकको अबसरमा खुलाएको भाग्यशाली उपहार योजनाको नतिजा सार्बजनिक गरेको छ ।
गोरखा समाजले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा एक्स ब्यान्ड्को बेजोड प्रस्तुती र लोक दोहोरीको रमझमको साथमा गायिका राधिका हमालले लक्की ड्र गर्नु भएको थियो ।
भाग्यशाली हुनुहुनेहरुमा क्रमशः निम्न अनुसार रहनु भएको छ।
प्रथम उपहार – डेड तोलाको सुनको सिक्री स्याङ्जाका अर्जुन कँडेल चिठ्ठा नं 001341
दोस्रो पुरस्कर -ल्याबटब प्राप्त नं 001301
तेस्रो पुरस्कार- ग्यालेक्सी s 5 मोबाइल प्राप्त नं 000602
सान्त्वना पुरस्कार -सोलार लाईट ३ जनालाई प्राप्त नं हरु 001759, 001128, 000914 रहेका छ न । उपहार प्राप्त गर्न अनुपस्थित बिजेताहरुले आफ्नो अर्धकटटी सहित सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
कार्यक्रमको समिक्षा स्वागत तथा भेट्घाट गर्न बसेको भेलाले परोपकारी कोष स्थापना गर्नको लागि गरिएको चिट्ठा कार्यक्रम सफल भएको जनाएको छ । कार्यक्रम सफल परिदिन सहयोग गरिदिनु हुने सम्पुर्ण संघ संस्था, समाजसेवी, संस्थामा आबद्ध साथिहरु लगायत सबैलाई धन्यबाद ज्ञापनगर्दै सबैको सहयोगले नै संस्थाले प्रभावकारी कार्य गर्दै जाने अध्यक्ष युबराज पाण्डेले बताएका छन ।
कार्यक्रममा अथिति डेबिट बश्याल ,सल्लाहकार लेखनाथ पोख्रेल, मनु पाण्डे लगायत अरुण सेजबाल ,मीन राज पोख्रेललेआफ्ना बिचार राख्नुका साथै कोषाध्यक्ष भरत पाण्डेले आर्थिक प्रतिबेदन पेस गर्नुभयो ।
झबिन्द्र बेल्बासेबाट