वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले असोज २ र ३ गते लिएको कोरिया भाषा परीक्षाको नतिजा प्रकाशित गरेको छ। नतिजाअनुसार भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका छन्। यी मध्ये ७ सय महिला परीक्षार्थी उत्तीर्ण छन्।
शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार उत्तीर्ण मध्ये ५ हजार ८ सय १७ जना औद्योगिक क्षेत्रको रोजगारीका लागि र २ हजार ६ सय ७३ जना कृषि तथा पशु पालनतर्फको रोजगारीमा जान पाउने छन्।
उत्तीर्णहरुको स्वास्थ्य परीक्षण मंसिरको पहिलो साताबाट शुरुहुने बास्तोलाले जानकारी दिए। भाषा परीक्षा उत्तीर्णहरुको सीप परीक्षण गरिने र स्वास्थ्य तथा सीप परीक्षणमा उत्तीर्ण हुनेले मात्रै रोजगारीका लागि आवेदन दिन पाउने उनले बताए। पोखराबाट परीक्षा दिने सबै उत्तीर्ण परीक्षार्थीहरुको सबै परीक्षण पोखरामै हुने बास्तोलाले बताए।
परीक्षााका लागि ५१ हजार १ सय युवाले आवदेन दिएका थिए । बिहान साढे आठदेखि बेलुकी ३ः४० सम्म दिनको २ सत्र गरी परीक्षा लिइएको थियो । यस वर्षको भाषा परीक्षाका लागि काठमाडौं उपत्यमामा १५ र पोखरामा ३ गरी १८ ओटा परीक्षा केन्द्रबाट परीक्षा लिइएको थियो। कोरियाले यस वर्षका लागि कुल ७ हजार १ सय कामदारको कोटा निर्धारण गरेको थियो । यस मध्ये औद्योगिक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालनतर्फ २ हजार २ सयको कोटा रहेको बताइएको थियो। नेपालसहित कोरियाले १५ देशबाट कामदार लाँदै आएको छ। नागरिकन्युजमा समाचार छ ।