बुटवल । यस क्षेत्रको पत्रकारितामा विगत ६ बर्ष देखि संघर्षरत पत्रकार कृष्ण खनाल नेपाल सरकार शिक्षा विभाग र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा प्रदान गर्ने क्षेत्रीय शिक्षा पत्रकारिता लेखनवृत्ती-२०७१ बाट पुरस्कृत भएका छन् ।
पत्रकार खनाल लाई सभामुख सुबासचन्द्र नेवांङ्ग, नेपाल सरकार शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमाल र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा नगद १५ हजार सहित सम्मान पत्र पाएका छन् ।
२०६५ सालमा छापा माध्यमको पत्रकारित गरेका खनाल अहिले बुटवल टुडे दैनिकको डेक्स संवाददातामा कार्यरतका रहेका छन् । समाज र कृषि विटमा कमल चलाउन रुचाउने पत्रकार खनालको स्थायी घर अर्घाखाँचीको ढाकावाङ्ग गाविस-३ हरेनडाँडा हो ।
शाररिकरुपमा अशक्त पत्रकार खनाल लुम्बिनी अञ्चलमा एक मात्र पत्रकार हुन् । खनाल यस अघि जिल्ला कृषि विकास कार्यालयले प्रदान गर्ने उत्कृष्ठ कृषि पत्रकारीता सम्मान २०७१, कालिका उच्च माविले प्रदान गर्ने उत्कृष्ठ शिक्षा पत्रकारिता पुरस्कार-२०७०, खस्यौली साप्ताहिक द्धारा प्रदान गरेको उत्कृष्ठ युवा संघर्षशिल पत्रकारिता पुरस्कार-२०७० र टेरिया मगर जिताऔ अभियानद्वारा समेत सम्मानीत भैसकेका छन् । विकास पत्रकारिता, फिचर लेखनमा खनालको अलि बढि दल्खल रहेको छ । खनाल यस अघि नयाँ भावना दैनिक, बुटवल टुडे दैनिक(पुरानो), दैनिक पत्र दैनिक, जनसंघर्ष दैनिक, स्वाधीन दैनिकमा समेत काम गरिसकेका छन् । खनाल अहिले बुटवल टुडे(नयाँ)मा कार्यरत रहेका छन् भने विभिन्न अनलाईनहरुमा पनि आवद्व छन् ।