गैरआवासीय नेपालको सातौं विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकियो

गैरआवासीय  नेपालको सातौं विश्व सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ। एनआरएनए-पुनः निर्माणको सच्चा साझेदार भन्ने मुल नारा तय गरेको विश्व सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गरेको छ।
निर्वातमान अध्यक्ष शेष घलेको नेतृत्वमा नयाँ नेतृत्व चयन गर्दै विश्व सम्मेलन दश बुँदे शनिबार सकिएको हो। सम्मेलनले संविधान सभाले नयाँ संविधान जारी गरेकाप्रति खुशी व्यक्त गर्दै भूकम्पीडितलाई राहतस्वरुप सरकारसँग समन्वय गरी एक हजार घर निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा देश संविधान प्राप्त गरि राजनीतिक स्थिरताको बाटोमा लम्किने प्रयासमा रहेको अवस्थामा अवको प्राथमिकता विकास, निर्माण र समृद्धि तर्फ हुनुपर्ने र त्यसका लागि गैरआवासीय नेपालीहरुले बिदेशमा सिकेको सिप, आर्जेको पू”जी र नेपालसंगको भावनात्मक सम्बन्धको सदुपयोग गर्दै बिकास र पुनःनिर्माणको कार्यमा सच्चा साझेदार बन्ने र दिर्घकालिन सोच सहितको बिकासको साझेदारी बन्ने उल्लेख छ ।
मुलुकमा संविधान जारी भइ शान्ति प्रक्रिया निष्कर्षमा पुगेपछि नेपालमा सामुहिक तथा व्यक्तिगत लगानी गर्नका लागि उचित वातावरण सृजना भएको भन्दै जलबिद्युत, पर्यटन, स्वास्थ्य, शिक्षा र संचार लगायतका क्षेत्रमा लगानी गर्न यो सम्मेलन सबै गैरआवासीय नेपालीलाई आग्रह गरिएको छ। यसैगरी रोजगारीका अभावमा बिदेशिनबाध्य भएको उर्जाशील युवाहरुलाई गैरआवासीय नेपालीहरुको उत्पादनशील क्षेत्रमा लागनी गरी रोजगारीका असर सिर्जना गर्न विश्स सम्मेलनले आह्वान गरेको छ । नागरिकन्युजमा समाचार छ ।