कतारमा नेपाली महिलाको मृत्‍यु – एकता समाज द्वारा सहयोगको प्रतिबद्दता

रामप्रसाद पराजुली /कतार । कतारमा एक नेपाली महिलाको निधन भएको छ । विगत २ बर्षदेखि कतारको एक किलिनिङ कम्पनीमा कार्यरत सिन्धुपाल्चोककी माया घलेको मृत्यु भएको हो । गत १० नोभेम्बर मंगलबार विहान ८ बजेतिर उनको अचानक मृत्यु भएको हो । उनको शवलाई अहिले कतारको हमाद हस्पिटलमा राखिएको छ ।
विहान काममा पुगेकी उनले एक्कासी रगत बान्ता गरेकी थिइन् । त्यतिकैमा उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत सन्जु सुन्दासले जानकारी दिइन् ।