भारतीय नाकाबन्दीको विरोधमा अमेरिकामा समेत नेपालीहरुले प्रदर्शन

भारतीय नाकाबन्दीको विरोधमा अमेरिकामा समेत नेपालीहरुले प्रदर्शन गरेका छन् ।
अमेरिकामा बसोबास गर्दै आएका करिब तीन हजार नेपालीले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसअगाडि भारतीय नाकाबन्दीको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
गैरआवासीय नेपाली संघको आह्वानमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले अमेरिकी राष्ट्रपति बाराक ओबामा, विदेश मन्त्री जोन केरी र भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाएका छन् । इमेजखबरमा समाचार छ ।