वीर गोर्खाली राष्ट्रिय नेपाली एकता यूएईको अध्यक्षमा कार्की

उमाकान्त पाण्डे / यूएई , मंसिर १२ – संयुत्त अरब एमिरेट्स यूएईको अलएेनमा रहेका नेपालीहरुले नयाँ सस्था स्थापना गरेका छन । यहाँ समस्यामा परेका नेपालीहरुको सहयोगमा एक भएर सहयोगी बन्न सो सस्था स्थापना गरिएको हो । यहाँ कार्यरत बिभिन्न संघसस्थामा रहेर सामाजिक क्षेत्रमा सकृय नेपालीको सम्लग्नतामा वीर गोर्खाली राष्ट्रिय नेपाली एकताको स्थापना गरिएको हो । 
समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले छरिएर रहेका नेपालीबिच एकता कायम गर्न स्थापित सस्थाको अध्यक्षमा कमल कार्कीको नेत्रित्वमा २१ सदस्यीय कार्यसमिति बनाइएको छ । अलएेनमा रहेको अलजाहिली पार्कमा शुक्रबार भएको भेलाले सो कार्यसमिति निर्माण गरेको हो । एकताको उपाध्यक्षमा क्रमशः शुरेश थापामगर, दिनेश एमबी र अनिता वन ,महासचिव प्रदिप पुनमगर,सचिव ईश्वर गुरूङ् , कोषाध्यक्ष शर्मिला गुरुङ तथा सह-कोषाध्यक्षमा पदम थापामगर रहनु भएको छ । त्यसै गरि सदस्यहरूमा क्रमशः यमन बि.क, निरू घलाङ, नम्रता लामा,चन्द्र कुमार श्रेष्ठ, निरू गोले, कल्पना गुरूङ्, रेश्मा शुब्बा, रजनी गुरूङ्, यमन घर्तिमगर,शुश्मा तामाङ, तारादेबी थापा, हरी राना,रबिन्द्र बिष्ट, राजेन्द्र कुवर,डिक अाले,बिमल ढकाल, सुबास श्रेष्ठ,राजिबजन सिजापती, मन्तिका सिमली,गणेश भुसाल र जयराम खड्का रहनु भएको छ । 
यहाँ रहेका बिभिन्न संघसस्थामा आबद्द बुद्दिजिवी, ब्यबसायी, कलाकार,समाजसेवीहरू सल्लाहकार रहने गरी गठन गरिएको राष्ट्रिय एकतामा बरिष्ठ सल्लाहकार बिमल अधिकारी सल्लाहकारहरू राजेश गुरूङ्, रमेश थापा,लालबहादुर सिजाली मगर,मोहन बुढाथोकी,अन्जली भट्टराइ,रत्न मानन्धर,मीन नेपाली,सानु थापामगर,राकेश जयसवाल,प्रेम रिजाल,सुनिल घिसिङ् र जे.सागर रहनु भएको छ भने सस्थाको संरक्षकमा बिनोद श्रेष्ठलाई चयन गरिएको छ । 
हिमाल,पहाड,तराइ कोही छैन पराइ भन्ने मुल नाराका साथ परदेशमा रहेका नेपाली बिच राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यले यहाँ स्थापित संघ संस्थाहरूसँग हातेमालो गर्दै सामाजिक काममा सकृय रहने अध्यक्ष कमल कार्कीले बताउनु भयो । 
सस्था स्थापना गर्नु पहिले दसैं र तिहारको अवसर पारेर सो समुहले यूएईको अलएेनमा राहतकोष स्थापनार्थ बिशेष सास्कृतिक कार्यक्रम गरेर सहयोग समेत संकलन गरेको छ । यूएईको अलएेनमा आयोजित सो कार्यक्रमबाट सकंलित करिब ७० हजार नेपाली रुपैया राहत कोषमा जम्मा गरिने एकताले जनाएको छ ।