विवाहमा गएर फर्केको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
कावासोती-४ हसौराबाट हुप्सेकोट जाँदै गरेको लु १ ज २४७७ नंको जिप नाम्जाकोट र सटाकुनको बीच ठाउँमा पर्ने स्याजापुल नजिकै सडकबाट खस्दा दुर्घटना भएको हुप्सेकोटका बलबहादुर सोमैले जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर भएकाले उनीहरुलाई चितवनको भरतपुरमा उपचारका लागि पठाइएको र अन्यको मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको देउरालीका मेघबहादुर पुलामीले बताउनुभयो । रासस