शेयर बजारमा उच्च सुधार जारी

साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च सुधार जारी रह्यो । यस दिन बजार परिसूचक नेप्से ३० अंक बराबरले बढेर ११ सय माथि पुग्यो ।
नेप्से ११०२ दशमलब ८४ कायम भयो । कारोबारको शुरुवात देखि उच्च दरले उकालो लागेको नेप्से केही समय सामान्य शिथिल रहेर मध्यान्हपछि पुनः उकालो लाग्न थालेको हो ।
अन्य बाहेक कारोबार भएका सबै समूह हरियो रहेसँगै नेप्से उच्च दरले उकालो लागेको हो ।
बीमा समूहमा १७५ अंकको उच्च बृद्धि भयो । वाणिज्य बैंक समूहमा पनि ३६ अंकको सुधार आयो । उत्पादनमूलक र विकास बैंक समूहका सूचक पनि २०/२० अंकले बढे ।
जलविद्युत समूह पनि दोहोरो अंकले बढ्यो । अन्य समूह भने स्थिर रहन गयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ११५ कम्पनीको ५ लाख १६ हजार कित्ता शेयर ३५ करोड ६६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।