चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री र चीनका विदेशमन्त्री बाङ यीबीच ८ बुँदे सहमति गरेका छन्। थापा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको वार्तामा उक्त सहमति भएको बताइएको मन्त्री थापाको सचिवालयले जनाएको छ।
भेटवार्तापछि सहमति भएका विषयलाई संयुक्त विज्ञप्तिको रुपमा जारी गरिएको छ। सहमतिमा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने बुँदालाई महत्वका साथ उल्लेख गरिएको छ। उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदान गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई गति प्रदान गर्नेलगायतका बुँदाहरु सहमतिमा छन्।
नेपालमा देखिएको इन्धन संकटपछि दीर्घकालिन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन तयार भएको मन्त्री थापाको सचिवालयले जनाएको छ। उनीहरुबीच उच्च तहमा नेपाल र चीनका अधिकारीहरुबीच भ्रमण गर्ने समेत सहमति भएको छ । चीन