डिल्लीराज घिमिरे
एकिके- शान्तियागो चिली । दक्षिण अमेरिकी मुलुक चिलीमा यो समयमा नेपालीहरु अत्याधिक रुपमा दलाल मार्फत प्रवेश भएकोले दैनिक वेरोजगारीको समस्या परिरहेको छ । धेरै प्रलोभन पाएर चीली पुगेका नेपाली न्युन पारिश्रमिकमा काम गर्न बाध्य भएका छन । सन २००७ तीरदेखी प्रवेश गर्ने गरेका नेपालीहरु सन २०११/२०१२ सम्म औसतमा ४०/५० जनाको सेरोफेरोमा थिए । सन २०१२/२०१३ मा विभिन्न अवैधानिक वाटोहुदै बोलीभीयावाट अनुमति विना नै पासपोर्ट लुकाउन पठाई अल्पत्र पारिएका कयौ नेपालीलाई चिलीको आम मीडिया सहित अन्तराष्ट्रीय संचार माध्यमवाट व्यापक गरिदै गर्दा तत् समयमा चीलीमा पुग्नेको संख्या चालीस जनाको सेरोफेरोमा पुग्दै गर्दा चीलीको राष्ट्रिय अनुसन्धान प्रहरी फ़ोर्स PDI मार्फत केही नेपालीलाई प्रहरी हिरासतमा लिई थुनामा राखी अनुसन्धान पछी केहीलाई अल्पकालिन अनुमती पत्र दिईएको थियो भने केहीलाई अन्तराष्ट्रीय पुलिस संगठन Interpol मा जिम्मा लगाई नेपाल सरकारलाई वुझाईएको थियो ।
देशभर रहने सम्पुर्ण नेपालीको साझा संगठनको रुपमा सन २०१३ नोवेम्बर १० मा चिलीको उत्तरी राज्य Iquique मा स्थापित चिली स्थित नेपालीको एक मात्र संस्था नेपाली समाज चिलीमा यस समयमा चिली भरमा रहने प्रया:धेरै नै नेपालीको आवद्धता रहेको छ । नेपाली समाज चिलीका सचिव एवं पिएसएम व्युरो अमर पुनले अर्घाखाँची डटकम क्राईम व्युरोलाई दिएको जानकारी अनुसार २०१५ मा दलाल को झुटो पर्लोभनमा परेर बिद्यार्थी भिसामा आउनेको सङ्ख्या ६० देखी ८० जना चीलीमा पुगेका छन । स्रोतका अनुसार शान्तियागो र एकिके सहित अन्य विभिन्न शहरमा रहेका नेपाली वेरोजगारको समस्यावाट ग्रसित रही नेपाली समाज मार्फत सहयोगको अपील गरिरहेको वताईएको छ । संस्थाका सह सचिब कमल पान्डे भन्नु हुन्छ यहाँ पठाउने दलालले ठुलो रकमको प्रलोभन देखाएको हुदा यसरी विगवीगी रहको छ । जस्तो कि छोटो समयमा PR पाईन्छ,प्रति घण्टा १० अमेरिकी डलरको काम जति पनि पाइन्छ,अमेरिकी मुलुकमा तथा युरोपमा जान सजिलै पाइन्छ भन्दै प्रती व्याक्ती १० देखी १५ लाख सम्म लिएर चीली पुर्याएको यसरी ठगीन पुगेका नेपालीको गुनासो रहेको छ । जसरी वाहिर प्रचार गरिएको छ नेपालीको लागी अवसर त्यस्तो छैन ।
यसरी दलाल मार्फत ठगीएर २०१२मा चिली पुगेका नेपालि समाज चिलिका सदस्य शिव वस्नेत भन्नु हुन्छ कोहीपनी नेपाली यहा स्टूडेंट्स वा भिजिटिंग भिषामा नआओस यहाँ नेपाल देखि जुन मिथा गुलिया सपना देखाउ छ त्यस्तो छैन । चिलिमै ब्यावसाय गरिरहेका नेपाली समाज चिलीका शान्तियागो संयोजक नबिन शिखरकार भन्नु हुन्छ यहाको यहाको मासिक तलवमान भनेको स्थानिय मुद्रा २५०००० पेसो (अहिलेको एक्सचेनज अनुसार ३५७ डलर ) हो , यसमा के खानु के लगाउनु र कसरी ऋण तिर्नु ? पटक पटक आउने भूकम्पका शक्तिशाली झड्का र समुद्री आदी अर्को खतरानाक समस्या हुदा कुनैपनी नेपाली यदी चीली आउने नै भए यहा रहेको संस्था नेपाली समाज चिलीमा परामर्श गरेर संस्थाको अफिसियल फेसवुक पेज Nepalese Society Chile मा सम्पर्क गर्न समेत अनुरोध गर्नु भएको छ ।
नेपाली समाज चिलीमा सम्पर्कमा आएका चिलिमा आई बिचल्लि भएका पिडीत बिद्यार्थीहरुको नाम लिस्ट नेपाली राजदुताबास ब्राजिलमा पत्र पठाएको छ चिलीमा रहने नेपालीलाई एकिकृत गर्दै नेपालीको सुख दुखमा सहकार्य गर्ने उद्देश्यमा आधारित रहि स्थापित नेपाली समाज चिलीले चिलीमा रहेका नेपालीलाई परेको समयमा सहयोग मात्र हैन सन २०१५ मा नेपालको गोर्खालाई केन्द्र विन्दु वनाएर गएको महाभुकम्मको केन्द्रविन्दु वार्पाक लाप्राक र सौरपानीमा आफ्नो संस्थाको संस्थापक मार्फत नै राहत सामांग्री स्थलगत रुपमै रिपोर्टिंग र हस्तान्तरण गरी आफ्नो वेग्लै पहिचान वनाउन सफल भई सकेको छ । यसरी अव्यवस्थित रुपमा दलाललाई मोटों रक़म तिरेर चीलीमा नेपालीहरुको उपस्थिती भईरहदा आगामी दिनमा वेरोजगारको समस्या त छदै छ यसको अतिरिक्त न्युन पारिश्रमिक दवावमा काम गराउने लगायतका समस्यावाट ग्रसित रहनु पर्ने हुदा कुनैपनी दलालको प्रलोभनमा परि चिली कुनैपनी नेपाली प्रवेश नगर्नु हुन यस संस्थाका संस्थापक अमर पुन तथा सस्थापक डिआरजी सुमनको आग्रह रहेको छ । अन्याय र असमानता विरुद्ध सन २०१० देखी निरन्तर लागी रहेको संस्था पिएसएम नेपालको ब्युरो डिआरजी सुमनको फेसवुक पेज
डिआरजी सुमन मार्फत चिलीको वस्तुस्थिति वारे समेत जानकारी लिन सकिने सस्थाले जनाएको छ ।
यहाँ आफु लामो समय देखी रहेर यहाका समस्या नजिकबाट निहालेको कारण यदी कोहीपनी चीली प्रवेशगर्न चाहने नेपालीहरुलाइ यहाको बास्तबिकता बुझेर मात्र आउन आग्रह अनुरोध गरिदै आएतापनी पहिला सम्पर्क नगरी यहा आएपछी संस्थामा दुखेसो पोख्ने गरेको संस्थाका अध्यक्ष कृष्ण थापाको भनाई छ । यही २०७२ पौस दोस्रो हप्ता वसेको संस्थाको वैठकको निर्णय अनुसार यस समस्याको उचित नियन्त्रणका लागी राजदूतावास ब्राज़ीलमा पत्र पठाएको छ । यसरी दैनिक रुपमा वढ्दो ठगी प्रक्रियालाई नियन्त्रण गर्न र वेरोजगारको संकटमा परेका नेपालीलाई उचित वातावरणको पहल गरिदिनको लागी चिलीमा नेपाली राजदूतावास र नेपाली नियोग नभएको कारण नेपाली समाज चिलीमा आएको गुनासोलाई संस्थागत रुपमा सम्वोधन हुनेगरी ब्राज़ीलमा रहेको नेपाली राजदूतावास मार्फत नेपाल सरकारको प्रारास्ट्र मन्त्रीलाई ध्यानाकर्षण पत्र पठाईएको सस्थाका सचिव अमर पुनले जनाउनु भएको छ । – स्रोत नेपाली समाज चिली
पठाईएको पत्र