साताको अन्तिम दिन विहीबार पनि शेयर बजारमा दोहोरो अंकजसोकै बृद्धि जारी रह्यो ।
बजार परिसूचक नेप्से ९ अंक बढीले उकालो लागेर ११ सय ५१ दशमलव तीन आठ कायम भएर थामियो । कारोबार भएका सबैजसो समूहमा सुधार आएसँगै नेप्से उकालो लागेको हो ।
बीमा समूहमा सबैभन्दा उच्च १ सय २८ अंकको बृद्धि आयो । होटल समूह ३० अंकले उकालो लाग्यो । विकास बैंक समूह पनि १६ अंकले बढ्यो । जलविद्युत्, वाणिज्य बैंक र वित्त समूह सामान्य अंकले हरियो रहेका हुन् । अन्य समूह भने स्थीर रह्यो ।
यसदिन कारोबार परिमाण पनि उच्च रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको ११ लाख ४० हजार बराबर कित्ता शेयर ५५ करोड ७४ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।