अब एक व्यक्ति एक सहकारीको व्यवस्था: उपप्रधानमन्त्री चित्रबहादुर केसी

उपप्रधान एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नयाँ सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था गरिने बताएका छन् ।
एउटै व्यक्ति धेरै सहकारीमा लाग्दा यस क्षेत्रमा समस्या आएको भन्दै उनले सहकारीमा प्राकृतिक सदस्य र कृत्रिम सदस्य छुट्टयाइने पनि बताए ।
नेपाल सहकारी पत्रकार समाजको पाँचौ वार्षिक साधारणसभामा शुक्रबार मन्त्री केसीले सहकारीको सन्चालक र कार्यकारी प्रमुख एउटै व्यक्ति हुन नपाइने व्यवस्था ऐनमै राख्नुपर्नेमा पनि जोड दिए ।
समयसापेक्ष सहकारी ऐन नहुँदा सहकारीबाट व्यक्ति ठगिएको उनको भनाइ थियो । अब बन्ने नयाँ ऐनले सहकारीको सांगठनिक पद्दतिमा परिमाजर्न गर्ने उनले उल्लेख गरे ।
सो अवसरमा सरकारीसँग सम्बद्ध व्यक्तिहरुले सहकारीलाई पनि मर्जरमा लैजानुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
एउटै व्यक्ति धेरै सहकारीको सदस्य बनिरहेको र त्यसले सहकारीलाई नै समस्यामा पारेको भन्दै मर्जरमा लैजाँदा यसमा सुधार आउने उनीहरुको भनाइ थियो । इमेजखबरमा समाचार छ ।