बाबु रोका मगर
दिल्ली । “नेपाली देशभक्त युवा समाज” मुनाफा रहित नेपाली र नेपाल राष्ट्रको हितका निमित्त सकारात्मक सोच र विचारका साथ नेपाली भूमिको हृदयदेखि नै सर्वाङ्गिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वदेश तथा बिदेशी भूमिमा रहेका नेपाली युवाहरु बिच प्रारम्भिक भेला र छलफल भई परिकल्पना गरिएको एक मात्र गैर-राजनीतिक सामाजिक संस्था हो ।
विशुद्ध सामाजिक सेवाबाट उत्प्रेरित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरि नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्बाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनी सदभाव कायम राख्ने उद्देश्यका साथ नविनतम ढंगबाट स्थापना गर्न खोजिएको छ।
दिल्ली एन सी आर क्षेत्रमा रहेका नेपाली देशभक्त युवाहरुले गत बर्ष देखि दिल्ली एन सी आर क्षेत्र लगायत भारतका विभिन्न क्षेत्रमा सामाजिक काम काजहरु गर्दै आएको र आगामी दिनहरुमा पनि समाज र जनताहरुको हक हितका लागि सकारात्मक काम गर्ने प्रतिबद्दता जाहेर गर्दै समाजमा नौलो परिवर्तन ल्याउने उद्देश्य बोकेको यस पटक दिल्ली एन सी आर समितीका पदाधिकारी हरुले भारतको राजधानी सफ्दरजंग पार्कमा पौष १७ गते मनाइने रास्ट्रीय टोपी दिवस मनाएको छ |
विदेशको माटोमा स्वदेशको पिडा बोकेर प्रदेश पसेका युवाहरु समयको अभावका कारण एघार जना सदस्य मध्य सबै पदाधिकारीहरुको उपस्थिति बिना ६ जना सदस्यहरु बाबु रोका मगर, नन्दु घिमिरे, बाबुराम बन्जाडे, हरि रोका मगर, गणेश बिश्वकर्मा र राजन धामीको उपस्थिति रहेको थियो | सो भेलामा देशको अबस्था वारे गहन छलफल गरि अबको भावी दिनहरुमा हामि युवाहरुले राष्ट्रको लागि दिनु पर्ने योगदान र सबै नेपालीहरु को मनमा देशभक्ति भावनाको जन्म गराउने लक्ष्य राखी राष्ट्रिय टोपी दिवस मनाएको हो |