काठमाडाैंकाे गल्फुटारमा जग्गामा इनार खन्दै गर्दा अक्सिजनको अभावमा दुई जनाको मृत्यु

काठमाडाैंकाे  गल्फुटारमा सुमन पौडेलको जग्गामा इनार खन्दै गर्दा अक्सिजनको अभावमा दुई जनाको मृत्यु भएको छ। हरिप्रसाद मगर र जयराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
चौधरी अक्सिजनको अभावमा इनारको पिँधमा छट्टपटाउन लागेपछि ठेकेदार हरि प्रसाद मगर चौधरीलाई उद्धार गर्न इनारमा पसेका थिए। अक्सिजनको अभावमा दुवै जनाको मृत्यु हुन गएको प्रहरीले जनाएको छ ।
 
बेलुकीपख  दुबै जनाको शव इनारबाट बाहिर निकालिएको छ । जग्गा धनीले धर निर्माण गर्न लागेपछि पहिले  निर्माण भएको इनारलाई थप गहिराउन लागेका थिए। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु