आफू डाक्टर, डिआईजीको छोरी भनी परिचय दिई ठगी गर्दै हिड्नै युवती काठमाडौंबाट पक्राउ

पोखरा लगायत देशका विभिन्न ठाउँमा आफू डाक्टर हुँ भनि परिचय दिने र कतै डिआईजीको छोरी भनी परिचय दिई ठगी गर्दै हिड्नै युवती पक्राउ परेकी छन्।
डाक्टर, कलाकर्मी, युवा तथा होटल व्यवसायीहरुलाई ठगी गर्दै हिड्ने भगवती केसीलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।
आफूलाई  डा.सुहाना, अदिति, सृष्टि के.सी हुँ भन्दै हिडेकी केसीले डाक्टर सुहाना के.सि.नामको फेक आईडी, फेक भाईवर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिहरुको कागजपत्र र फोटो राखी मोबाइल प्रयोग गरेको प्रहरीले जनाएको छ।
गुल्मी हस्तिचौर घर भएकी अन्दाजी २३ वर्षीय केसी विभिन्न होटलमा गई म डिआईजी सनत के.सि.को छोरी हुँ भनि परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यस्तै बिभिन्न स्टोरबाट सामान लिई ठगी गर्ने गरेको, अन्य ब्यक्तिलाई म डिआईजी हुँ मेरो छोरीको रेख देख गरिदिनु भनि फोन गर्न लगाउने गरेको पनि खुलेको प्रहरीको अनुसन्धानमा उल्लेख छ।
केसीले १ वर्ष अगाडि पोखराका विभिन्न अस्पतालहरुमा डाक्टर बनि बिरामीलाई चेकजाँच गरेको बाहाना बनाउनका साथै डाक्टरहरुलाई समेत बिवाह गर्ने भनि सँगै बसी ठगी गर्दै आएको प्रहरीले बताएको छ। पोखराको एक स्थानीय पत्रिकामा डाक्टर ठग्ने युवती भन्ने समाचार प्रकाशन भए पछि उनी काठमाडौं आएकी थिइन्। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु