अर्घाखाँची डट्कम् । युएईमा कार्यरत मगर समुदायको सस्था नेपाल मगर संघ युएईले माघेसंक्रान्ति बिशेष रुपमा मनाउने भएको छ । संघको अलएेन शाखाले बीबिध सास्कृतिक कार्यक्रमका साथमा बनभोज कार्यक्रम गरेर माघेसंक्रान्ति मनाउन लागेको हो । जनवरी २१ शुक्रबार अलएेनमा रहेको अग्लो पहाड जबिलहफितको फेदमा रहेको ग्रिन मुबाजारामा दिउसो ३ बजे बाट कार्यक्रम सुरु हुनेछ ।
सके सम्म धेरै नेपालीहरुले उपस्थिती जनाउन सजिलो होस् भनेर कार्यक्रमको पुर्व तयारी समेत गरिएकोछ । अलएेनमा रहेका मगर तथा गैर मगर नेपालीहरुलाई उपस्थित भएर मनोरन्जन लिन आयोजकले बिशेष अनुरोध समेत गरेको छ ।
माघेसंक्रान्ति पर्वका अवसरमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा पूजा आजा गर्ने र नदीमा स्नान गर्ने श्रद्धालुहरुको भीड हुने गर्छ । सोही अवसरलाई परदेशमा रहदा आफ्नो परम्परा लाई निरन्तरता दिन लागेको संघका अलएेन क्षेत्रिय समितिका सचिव प्रदिप पुन मगरले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली परीकारको स्वाद सँगै नेपालमै पुगेको महसुश गराउन आयोजकहरु लागि परेका छन ।
कार्यक्रम बारे थप जानकारीका लागि मोहन बुढाथोकी मगर ०५५५१४२६९५ वा प्रदिप पुन मगरलाई यहाँ
फेसबूकमा सिधै संपर्क गर्न सकिनेछ । साथै माथि प्रकाशित पोस्टरमा समेत संपर्क नम्बर राखिएको छ ।