अर्जुन खनाल
दिल्ली । प्रवासमा रहेर पनि विभिन्न समयमा सांस्कृतिक कार्यक्रम गर्दै आएको श्री साई कृपा च्यारिटेवल ट्र्ष्टले यसपटक पनि गर्ने सांस्कृतिक कार्यक्रमको अन्तिम तयारी भएको छ ।
नेपालका ख्यातिप्राप्त कलाकार पुस्कल शर्मा र देवि घर्ती उक्त कार्यक्रमका मुख्य आकर्षण रहेका छन ।
आफू विश्वको जुन कुनै कुनामा रहे पनि आफ्नो देशको कला संस्कृतिको बिकास गर्नु पर्छ भन्दै विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आएको उक्त ट्र्ष्ट्का अध्यक्ष विश्नु केसि ले जानाकारी दिनु भयो । उक्त कार्यक्रममा पुस्कल शर्मा ,देवि घर्ती , सुबोध पोख्रेल ,पदम संगीत क्षेत्री ,धुर्ब राना र अन्य स्थानीय कलाकारहरुको बेजोड प्रस्तुत रहने जानकारी गराईएको छ ।
कार्यक्रम दिल्लीको एन्डुसगन्ज मुलचन्द मेट्रो स्टेसनको नजिकै दिउँसो ११ बजे गोबिन्द पोख्रेल र पुजा साहको संयुक्त संचालनमा हुने छ । सम्पुर्ण प्रवासमा रहेका नेपालीहरुलाई कार्यक्रममा उपस्थितको लागि आह्वान गरिएको छ । कार्यक्रम ससुल्क हुने छ ।