बाबु रोका मगर
नई दिल्ली । हेल्प नेपाली मिशनको आयोजनामा तथा रक्षा नेपाल काठमाडौंको सहकार्यतामा चेलीबेटी बेचविखन तथा बलत्कार बिरुद्ध अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ ।
हेल्प नेपाली मिशनका अध्यक्ष कबि कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीलै आफ्नो संस्थाले विभिन्न कठिनाईका बावजुद पनि सामाजिक कार्यहरुको साथै भारतभर चेलीबेटी बेचखिन तथा बलत्कार बिरुद्ध अभियान संचालन गर्दै आईरहैको बताउँदै सवैको सहकार्यबाट यस कामलाई न्यूनिकरण गर्न सकिने बताउनु भएको छ |
कार्यक्रममा अतिथिको रुपमा उपस्थीत हुनु भएका भारतीय गोरखा एकता मञ्चका सल्लाहकार उत्तम कुमार क्षेत्रीले चेलीबेटी बेचविखन तथा बलत्कारको समस्या विगत समय देखि नै जटिल समस्याको रुपमा रहँदै आएको र यसको रोकथामका लागी देशका प्रत्येक सिमा,नाका,गाउँ स्तर देखि शहर बजारसम्म जनचेतना फैलाउनु पर्ने जनाकारी गराउनु भयो ।
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले उपस्थित सबैको स्वागत गर्दै बिगत १२ बर्षदैखि नै आफ्नो संस्थाले गरेको कामको बारेमा जानकारी गराउंदै अब भारतमा पनि हेल्प नेपाली मिशन संग सहकार्य गरी काम गर्नै कुरा बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न सामाजिक संघ,संस्थाहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन हेल्प नेपाली मिशनका सचिव महेन्द्र के.सी.ले गर्नु भएको थियो ।