‘नक्कली’ भएको आशंकामा पक्राउ परेका धादिङ गजुरी अस्पतालका चिकित्सक सक्कली परे

धादिङ जिल्लाको गजुरीस्थित निजी अस्पताल गजुरी अस्पतालमा प्रालिका चिकित्सक डाक्टर मनोज कुमार साह शनिवार सााझबाटै आफ्नो नियमित काममा फर्केका छन् ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले ‘नक्कली’ चिकित्सक भएको आशंकामा उनलाई हिजो पक्राउ गरेको थियो ।
देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले नक्कली चिकित्सक भएको आशंकामा शुक्रबार १३ जनालाई पक्राउ गरेको थियो । प्रहरीले साहलाई निर्दोष भन्दै मुक्त गरेको हो ।
गजुरी अस्पताल संचालक राम कार्कीले चिकित्सक साह शनिबार सााझबाट नै काममा फर्किएको बताए ।
प्रहरीले साहको प्रमाणपत्र जााच गरेपछि निर्दोष भन्दै मुक्त गरेको हो । बिनाकारण पक्राउ पर्नुपदार् आफूलाई आघात परेको चिकित्सक साहले बताए । ईकान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु