बाबु रोका मगर
दिल्ली । नेपालको संबिधानमा असहमति जनाउदै विभिन्न बहाना बनाइ नाकाबन्दि गराएको भारतले प्रधानमन्त्रीप्रधान मन्त्रि वोली लाइ निम्तो गरेकोमा नाकाबन्दी नखोलाई आफु भारत नआउने बिचार ब्यक्त गर्नु भएका मन्त्रि यहि फागुन सात गते शुक्रबार राजधानी दिल्ली आउने पक्का भएको छ।
संबिधान पछिको पहिलो मन्त्रि के पी वली ज्युको आगमनमा स्वागतका लागि भारत लगायत भारतमा रहेका नेपाली जन वर्गीय संघ संस्थाहरु पनि लागिरहेको र प्रधान मन्त्रि ज्युले इतिहास मै पहिलो पटक प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाइ सम्बोधन गर्नु हुने योजना रहेको प्रवासी नेपाली संघका केन्द्रिय सदस्य गोपाल थापाले जानकारी गराउनु भएको छ। |
धेरै जसो मन्त्रिहरु भारत आएर कुनै न कुनै सम्झौता गरेर फर्कने गरेको सर्वबिवितै छ यसपटक प्रधान मन्त्रि वली ज्युले देश र जनताको लागि के गरेर जानुहुन्छ भन्ने प्रवासी नेपाली जनताहरुको मनमा कौतुहल लाग्नुका साथै प्रश्नहरु उम्रिरहेका छन् धेरैको उस्तै प्रश्न छ मन्त्रि भएपछी भारत आउने पर्ने कारण के होला ?