शेयर बजार सकारात्मक

 साताको शुरुको दिन आइतबार शेयर बजार सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले मात्र हरियो रहेर १२८३ दशमलब ६७ कायम भएर थामियो ।
बित्त, वाणिज्य बैंक र विकास बैंक समूह हरियो रहेसँगै नेप्से हरियो रहन गएको हो । बित्त समूहमा सबैभन्दा उच्च १२ अंकको सुधार भयो । वाणिज्य र विकास बैंक समूह नगन्य अंकले हरियो रहेका हुन् ।
अरु समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च ४३ अंकको गिरावट आयो । जलविद्युत समूह पनि २५ अंकले झर्‍यो । उत्पादनमूलक र होटल समूह पनि ९/९ अंकले ओरालो लागे । अन्य समह थोरैले रातो रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा ११८ कम्पनीको ९ लाख २७ हजार कित्ता शेयर ५३ करोड ४८ लाख बराबरका किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।